काठमाडौं । नेपाल आयल निगमले सोमबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य १ सय १४ रुपैयाँ पुगेको छ भने भने मट्टितेलको मूल्य १ सय १ रुपैयाँ पुगेको छ ।
भारतमा मूल्य बढेपछि नेपालमा पनि मूल्य बढेको बताइएको छ । आइओसी (इन्डियन आयल कर्पोरेशन) ले पठाएको नयाँ मूल्यअनुसार निगमको घाटा बढेपछि नेपाल आयल निगमले मल्य बढाएको हो ।
अन्तर्राष्ट्रिय बजारमा पनि पेट्रोलको मूल्य बढेपछि नेपालमा पनि मूल्य बढेको हो । निगमले भारतमा भन्दा नेपालमा पेट्रोल सस्तो भएकाले भारततर्फ चोरी हुने गरेको छ ।
आयल निगमले १५ दिनअघि पनि पेट्रोलमा मूल्य बढाएको थियो । खाना पकाउने ग्यासको मूल्य र हवाइ इन्धनमा भने मूल्य बढाइएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया