काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्य सम्पादन समितिको बैठकको आर्थिक प्रतिवेदन अनुमोदन गरेको छ ।
राप्रपा अध्यक्ष कमल थापाको अध्यक्षतामा सोमबार बसेको बैठकले असोज २ गते बस्ने केन्द्रीय कार्य समितिको बैठकमा प्रस्तुत हुने प्रतिवेदनलाई अनुमोदन गरेको हो ।
बैठकमा अध्यक्ष थापाले समसामयिक राजनीति सम्बन्धी प्रतिवेदन, महामन्त्री भास्कर भद्राले सचिवालय सम्बन्धि प्रतिवेदन र कोषाध्यक्ष उद्धव पौडेलले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
राप्रपा केन्द्रीय समितिको पूर्ण बैठक असोज २ र ३ गते काठमाडौैमा बस्दै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया