काठमाडौं । प्रतिनिधिसभाको विषयगत समितिको सभापतिको निर्वाचन असोज पहिलो सातामा हुने भएको छ ।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सभामुख कृष्णबहादुर महराले संसदीय समितिको सभापति चयनका लागि असोज ५ गते बिहान ११ बजे निर्वाचन कार्यक्रम राखिएको जानकारी दिए । त्यसअनुसार संसद सचिवालयलाई सूचना प्रकाशन गर्न पनि उनले निर्देशन दिएका छन् ।
प्रतिनिधिसभामा १० वटा विषयगत र ३ वटा विशेष समिति रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया