अब कसुर गर्नेबाटै पीडितलाई क्षतिपूर्ति

काठमाडौँ–अब फौजदारी कसुरका पीडितले पीडकबाटै कसुरको मात्रा अनुसारको क्षतिपूर्ति पाउने भएका छन् ।

 अपराध पीडितको संरक्षण सम्बन्धी व्यवस्था रहेको विधेयक संघीय संसद्को दुबै सदनबाट पारित भएको छ ।  

प्रमाणीकरणसँगै कानुन कार्यान्वयनमा आउनेछ । अहिले अपराध पीडितलाई पीडकबाट क्षतिपूर्ति भराउने कानुनी व्यवस्था थिएन ।
मौलिक हक कार्यान्वयनका लागि संघीय संसद्ले पारित गरेको विधेयक असोज ३ भित्रै प्रमाणीकरण हुनेछ । पीडितले पीडक वा कसुर स्थापित भई पीडक पहिचान हुन नसकेमा राज्यद्वारा स्थापित कोषबाट अदालतले ठहर गरे बमोजिमको क्षतिपूर्ति पाउनेछन् । क्षतिपूर्ति रकम निर्धारणको मापदण्ड पारित विधेयकले तय गरेको छ । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?