सरकारविरुद्ध उत्रियो समाज कल्याण परिषद्

काठमाडौं सरकारको अनुदानमा चल्दै आएको समाज कल्याण परिषद् सरकारकै विरुद्धमा आन्दोलनमा उत्रेको छ ।
लैनचौरस्थित परिषद्को भवन र जग्गामा उपराष्ट्रपतिको कार्यालय र निवास राख्ने मन्त्रिपरिषदको निर्णयप्रति असहमति जनाउँदै परिषद् विरोधमा उत्रेको हो ।

मन्त्रिपरिषद्को गत भदौं २१ गतेको बैठकले उक्त काम अघि बढाउनका लागि शहरी विकास मन्त्रालयलाई रकम उपलब्ध गराउने तथा अन्यत्र आफ्नै भवन भएमा परिषद् त्यहीँ सार्ने, आफ्नै भवन नभए सरकारी भवन खोज्ने र त्यो पनि सम्भव नभए भाडाको भवनमा राख्ने निर्णय गरेको थियो ।
परिषद्को भवनवापत लाग्ने रकम अर्थ मन्त्रालयले उपलब्ध गराउने बताइएको छ । नेपाल समाचारपत्र दैनिकमा  खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?