कञ्चनपुरमा नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

किशोर तामाङ

कञ्चनपुर– कञ्चनपुरको दक्षिणी भेगबाट  भारतीय नक्कली नोटको कारोबारी एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा भारतको पिलिभित जिल्ला राजापुरी थाना हजारा बस्ने अन्दाजी ५५ वर्षीय सतमान सिंह रहेका छन् ।

 बेलौरी नगरपालिका वडा नम्बर ८ पचुई खप्टे नालाबाट उनलाई पाँच सय दरका दुई लाख भारतीय नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक चुडामणि पुनको कमाण्डमा आइतबार अपरान्ह ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले सिहलाई सो नक्कली नोटसहित बरामद गरेकाे हो ।

 उनीबारे आवश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक कृष्ण राज ओझाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?