निर्मला हत्याका दोषी पत्ता लगाउन प्रहरीबाटै अनुसन्धान सुरु गर्नुपर्ने

काठमाडौं–राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले निर्मला हत्याका दोषी पत्ता लगाउन प्रहरीबाटै अनुशन्धान सुरु गर्नुपर्ने बताएका छन् ।

उनले भने,‘घट्ना भएको आज ५२ दिन भैसक्यो । तर, अहिलेसम्म प्रहरीले वास्तविक दोषी पत्ता लगाउन सकेको छैन् । प्रहरीको अनुशन्धानप्रति पनि अहिले जनताको विश्वास गुमेको छ । त्यसैले प्रहरीबाटै अनुशन्धान सुरु गर्नुपर्छ ।’

नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनालले नै अनुशन्धानमा प्रहरीबाट कमजोरी भएको स्वीकार गरिससकेपछि अनुसन्धान प्रक्रियामा सुधार गर्नुपर्ने भएपनि त्यसो नगरिएको उनको गुनासो छ ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने, ‘यस्ता किसिमका घट्नाको अनुशन्धान गर्न नेपाल प्रहरीले दक्ष, स्रोधसाधनयुक्त र निर्भिक प्रहरी युनिट गठन गर्नुपर्छ । टा«फिक, र शान्तिसुरक्षा लगायतका सबै कुरा एउटै प्रहरीबाट सम्भव हुँदैन् । यसको लागि छुट्टै युनिट गठन गर्नुपर्छ ।’

उनले निर्मला पन्तको हत्या घट्नाबारे डिएनए टेष्ट गर्न छुट्टै फोरेन्सिक विज्ञ चिकित्सकहरु बाहिरबाट झिकाउनुपर्ने माग गरे ।

अर्का मानवअधिकारकर्मी तुलसी थापाले निर्मला पन्त नाबालिकाको बलात्कारपछि हत्याजस्तो अमानवीय, निर्मम र हृदयविदारक घट्ना हुँदापनि राज्यले दोषी पत्ता लगाई कानुनी कारबाही गर्न गम्भिरता नदेखाएको गुनासो पोखे ।

उनले भने,‘निर्मला हत्या प्रकरण जघन्य अपराध हो । यो घट्नामा आलोचना र निन्दा गरेरमात्रै पुग्दैन् । घट्नाको अनुशन्धान गर्ने जिल्लाको प्रहरी नेतृत्वको अनुशन्धान प्रक्रिया नै लापरवाही देखियो । उनले आफ्नो काुननी दायराभित्र रहेर दोषी पत्ता लगाउने कर्तव्य पूरा गरेनन् ।’

कार्यक्रममा अधिकारकर्मी माया मेगीले निर्मला पन्तको हत्या प्रकरणमा प्रहरीले निर्दोष व्यक्तिहरुलाई समातेर यातना दिएकोले उनीहरुको मानव अधिकार हनन भएको आरोप लगाइन् ।

त्यस्तै अर्की अधिकारकर्मी मीना भण्डारीले निर्मला पन्तको बलात्कार सामूहिक बलात्कार हो भनेर स्वयम् निलम्बित एसपी डील्लीराज विष्टले आफूहरुसँग पटक–पटक सार्वजनिक रुपमै बोलेको बताउँदै अहिले आएर एकल बलात्कार भनेर घट्नाको अनुशन्धान गर्नु नै आपत्तिजनक रहेको बताईन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?