काठमाडौं । नेपाली कांग्रेसले पार्टीको विधान मस्यौदाबारे प्रादेशिक तहमा छलफल गर्ने भएको छ ।
असोज दोस्रो सातदेखि कांग्रेस पार्टी विधान मस्यौदा समितिले ७ वटै प्रदेशमा पार्टीको संगठनात्मक संरचना र विधानको प्रारम्भिक मस्यौदाबारे छलफल गर्ने भएको हो ।
मस्यौदा समिति सदस्य प्रदिप पौडेलका अनुसार केन्द्रीय समितिको आकार र संदस्यलाई लिएर गुट अनुसारको सुझाव आएपछि समितिले प्रादेशिक सुझाव संकलन गर्न लागेको बताए ।
केन्द्रीय समितिको आकार १ सय १, १ सय ११, १ सय २१ र देखि १ सय ३३ सम्म पु–याउने गरि छुट्टाछुट्टै प्रस्ताव आएको पौडेलको भनाइ छ । त्यस्तै प्रदेश १, २, ३, ४ र ५ मा दुई दिन र ६ र ७ मा १ दिन सुझाव संकलन गरिनेछ ।
सातै प्रदेशमा सुझाव संकलम पछि मस्यौदा समितिले सामुहिक नेतृत्व प्रणालीका लागि प्रादेशिक स्तरमा छलफल गर्न लागको हो ।
कांग्रेसले पार्टीको प्रारम्भिक मस्यौदामा केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति, संघीय निर्वाचन, क्षेत्रिय समिति, गाउँ नगरसमिति, वडा समिति र वुथ समिति गरि ८ तहको संरचना तयार गरेको छ ।
आगामी असोज २१ गतेसम्म विधानको मस्यौदालाई अन्तिम रुप दिइने मस्यौदा समिति सदस्य पौडेलले बताए । साथै दशै र तिहारकोबीचमा बस्ने केन्द्रीय समिति बैठकमा मस्यौदा पेश गर्ने तयारी भइरहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया