काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई बम विस्फोट सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि उदयपुर लगिएको छ ।
सोही विस्फोटसम्बन्धी मुद्दामा कारबाही चलाउन प्रवक्ता प्रकाण्डलाई आइतबार अदालत लैजाने प्रहरीले तयारी गरेको छ ।
प्रमाण्डमाथि गत चैत २८ गते त्रियुगा नगरपालिका–१३ मा बम विस्फोट गराएको उजुरी छ । सोही विस्फोटसम्बन्धी मुद्दामा कारबाही चलाउन प्रकाण्डलाई आइतबार अदालत लैजान लागेको उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईले जानकारी दिए ।
प्रकाण्डलाई शनिबार राजधानीबाट उदयपुर ल्याइएको थियो । उनलाई आइतबार अदालतमा म्याद थप गर्न लगिने प्रहरी उपरिक्षक राईले भने ।
प्रकाण्डले राजधानीमा बसेर अत्यधिक चन्दा संकलन गरेको र देशभर विस्फोट कार्यमा संलग्न रहेको प्रहरीको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया