काठमाडौं – हाल अमेरिका भ्रमणमा रहेका नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईविरुद्ध अमेरिकामा विरोध प्रदर्शन भएको छ ।
अमेरिकामा रहेका केही नेपाली टेक्सासमा उनीविरुद्ध चर्को नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् । उत्तेजक नारा लगाउँदै बाबुरामको विरोध गरेका थिए ।
नाराबाजी भइरहँदा भट्टराई कार्यक्रम हलतिर प्रवेश गरेको सामाजिक सञ्जालहरुमा आएका भिडियोमा देखिन्छ ।
तत्कालिन माओवादीका नेताहरुले नेपालीमाथि ठूलो अपराध गरेको उनीहरुको आरोप छ ।
डा भट्टराई भाद्र २८ गतेदेखि अमेरिका भ्रमणमा छन् । उनको साथमा पन्ती हिसिला यमी पनि छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया