काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ छिमेकी मुलूक चीनको औपचारिक भ्रमणमा जान लाग्नु भएको छ । उपराष्ट्रपति पुन ६ दिने भ्रमणका लागि असोज ३ गते चीन प्रस्थान गर्नेछन् । उपराष्ट्रपतिमा दोस्रो पटक निर्वाचित भएपछि यो उनको यो पहिलो वैदेशिक भ्रमण हो ।
सिचुवान प्रान्तको राजधानी छन्दुमा असोज ४ गतेदेखि शुरु हुने ‘१७ औं चीन पश्चिम अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन उपराष्ट्रपति चीन जान लागोका हुन् । उनले असोज ४ गते अन्तर्राष्ट्रिय मेलाको उद्घाटन समारोहलाई नेपालको तर्फबाट सम्बोधन गर्नेछन् । ‘चीनमा नयाँ क्षेत्र, पश्चिमी चीनमा नयाँ विकास’ भन्ने मुख्य थिमका साथ आयोजना भएको मेला असोज ८ गतेसम्म आयोजना हुनेछ ।
उपराष्ट्रपतिले असोज ५ गते अन्तर्राष्ट्रिय मेलाको अवसरमा छेन्दूमा आयोजित डिजिटल फोरमलाई सम्बोधन गर्नेछन् । चीनमा रहँदा उनले चीन सरकारका उच्च पदाधिकारीहरु, चिनियाँ कम्यूनिस्ट पार्टी (सिपिसी)का सिचुवान प्रान्तका पदाधिकारी, सरकारी प्रतिनिधिहरुसँग भेट वार्ता गर्ने कार्यक्रम तय भएको छ । उनले सिचुवानको विकासे परियोजना लगायत विभिन्न क्षेत्रको अवलोकन भ्रमण समेत गर्नेछन् ।
उपराष्ट्रपतिको भ्रमण टोलीमा करिब १५ जना हुनेछन् । भ्रमण टोलीमा उपराष्ट्रपतिकी धर्मपत्नी हस्तमाली पुन, उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्य, चीनका लागि नेपाली राजदूत लिलामणी पौडेल, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, उपराष्ट्रपतिका स्वकीय सचिवालय र सुरक्षा अधिकारी लगायत छन् ।
सिपिसीका सिचुवान प्रान्त सचिव फङ छिङह्वा र चिनियाँ जनसरकारका सिचुवान प्रान्तका गभर्नर यिन लिले मेला आयोजक समितिको तर्फबाट गरेका निमन्त्रणामा चीन जान लाग्नुभएका उपराष्ट्रपति असोज ८ गते स्वदेश फर्कने छन् । अघिल्लो कार्यकालमा उपराष्ट्रपतिले दुई पटक चीनको औपचारिक भ्रमण गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया