सुर्खेत । सुर्खेतको सुब्बाकुनाको ठूलो बिउरेनी भन्ने स्थानमा दुई यात्रुवाहक बस एक आपसमा ठोकिएको छ भने १३ जना घाइते भएका छन् ।
शनिबार सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको ना ४ ख ७०२४ नम्बरको बस र नेपालगन्जबाट सुर्खेत आउँदै गरेको बा३ ख ६२१२ नम्बरको बस एक आपसमा ठोकिएको हो ।
घाइते १३ मध्ये पाँचको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको वीरेन्द्रनगर स्थित माया नर्सिङ होममा उपचार भइहरको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया