कञ्चनपुरमा मृत अवस्थामा महिलाको शव फेला

काठमाडौं । कञ्चनपुर भिमदत्त नगरपालिक–२ मा एक महिला मृत अवस्थामा फेला परेको छ । 

शनिबार बिहान भिमदत्त महुलिया नजिकै नहरमा अन्दाजी ५० वर्ष उमेर देखिने महिलाको शव भेटिएको हो । 

स्थानीयका अनुसार नहरमा महिलाको शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरे थिए । 

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालयको टोली खटिएको छ । 

प्रहरीले घटनास्थलमा शवको मुचुल्का गरिरहेको छ । 

मृत महिलाको पहिचान हुन सकेका छैनन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?