काठमाडौं । खानेपानी मन्त्रालयको अनुगमन टोलीले काठमाडौं उपत्यकाबाट चार वटा पानी ट्यांकरलाई नियन्त्रणमा लिएको छ ।
अनुगनमका क्रममा बौद्ध जोरपाटी क्षेत्रबाट स्टिकर नराखेका ट्यांकहरुलाई नियन्त्रणमा लिएको हो ।
काठमाडौं उपत्यका खानेपानी बोर्डका ईन्जिनियर वोधराज दाहाल नेतृत्वको टोलीले नेपाल ड्रिङ्क्स प्रालि, गोकर्णेश्वर ग्रुप प्रालि, बनदेवी खानेपानी उद्योग, गंगा खानेपानी उद्योग, कृष्ण खानेपानी उद्योग, सुप्रिया ट्रेडर्स प्रालि, होलिडे टाग र धौलागिरि खानेपानी उद्योगमा अनुगमन गरेको छ ।
अनुगमनको क्रममा कृष्ण र गंगा खानेपानी उद्योगमा उद्योग दर्ताको प्रमाणपत्र नराखेको पाइएको छ ।
ति दुई उद्योगका सञ्चालकलाई सात दिनभित्र कागजपत्रसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको काठमाडौं उपत्यका खानेपानी बोर्डका ईन्जिनियर दाहालले जानकारी दिए ।
शनिबार बिहानदेखि काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा खानेपानी मन्त्रालयका पाँच टोलीले अधिकारीहरुले अनुगमन जारी राखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया