धुलिखेल–नागढुङ्गा मेट्रोरेल: सम्भाव्यता अध्ययनका लागि परामर्शदाता छनोट

काठमाडौँ-काठमाडौँ उपत्यकाको सहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न प्रस्तावित धुलिखेल–नागढुङ्गा मेट्रोरेलको विकास, सञ्चालन तथा व्यवस्थापनबारे विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पार्न परामर्शदाता छनौट गरिएको छ ।

लगानी बोर्डका सहसचिव तथा प्रवक्ता उत्तमभक्त वाग्लेले सहरी यातायातलाई व्यवस्थित गर्ने उद्देश्यका साथ प्रस्तावित धुलिखेल–नागढुङ्गा मेट्रोरेलको विकास, सञ्चालन तथा व्यवस्थापनबारे विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन (डिटेल फिजिविलिटी स्टडी, डीएफएस) तयार पार्नका लागि छ वटा अन्तर्राष्ट्रिय कम्पनी परामर्शदाता संस्था छनौट गरिएको जानकारी दिए ।
चाइना मेसिनरी इञ्जिनियरिङ कर्पोरेशन, चाइना रेल्वे सिउवान सर्वे एण्ड डिजाइन गेरुप कम्पनी लिमिटेड, निप्पोन कोइ कम्पनी लिमिटेड जापान, राइट्स इण्डिया लिमिटेड, युसिन इञ्जिनियरिङ कर्पोरेशन सिउल र युकसेल प्रोजे युसलराशी टर्कीलाई परामर्शदातामा छनोट गरिएको जानकारी प्रवक्ता वाग्लेले दिए । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?