स्थानीय तहको निर्वाचनमा प्राप्त भएको बजेट शतप्रतिशत खर्च

लोकपथ
13
Shares

अछाम । स्थानीय तहको निर्वाचनमा अछाममा प्राप्त भएको बजेट करिब शतप्रतिशत खर्च भएको छ । अछामका १० वटा स्थानीय तहका लागि तीन करोड ८९ लाख ९८ हजार चार सय १५ रुपैयाँ प्राप्त भएकोमा तीन करोड ८९ लाख ९३ हजार एक सय ९४ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय अछामले जानकारी दिएको छ ।

पाँच हजार दुई सय २१ रुपैयाँ मात्रै फिर्ता भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय मंगलसैनलाई दुई करोड १३ लाख ७४ हजार प्राप्त भएकोमा दुई करोड १३ लाख ७३ हजार गरेको छ । यस्तै, निर्वाचन अधिकृतको कार्यालय चौरपाटीलाई १७ लाख ७९ हजार ६९० रुपैयाँ प्राप्त भएकोमा १७ लाख ७९ हजार १०३ रुपैयाँ खर्च भएको छ ।

निर्वाचन अधिकृतको कार्यालय साफेबगरलाई २४ लाख २५ हजार ८४० रुपैयाँ प्राप्त भएकोमा २४ लाख २५ हजार ५२८ खर्च भएको छ । निर्वाचन अधिकृतको कार्यालय मेल्लेखलाई २० लाख ४८ हजार प्राप्त भएकोमा २० लाख ४७ हजार ९९६ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय अछामको तथ्यांकमा उल्लेख छ ।

निर्वाचन अधिकृतको कार्यालय बान्नीगढी जयगढलाई १७ लाख ८१ हजार ४९० रुपैयाँ प्राप्त भएकोमा १७ लाख ८० हजार ७१५ खर्च भएको छ । निर्वाचन अधिकृतको कार्यालय रामारोशनलाई २० लाख २९ हजार प्राप्त भएकोमा २० लाख २८ हजार ५५७ रुपैयाँ खर्च भएको छ । निर्वाचन अधिकृतको कार्यालय कमलबजारलाई १७ लाख ९२ हजार बजेट प्राप्त गरेकोमा १७ लाख ९१ हजार ५९६ खर्च गरेको छ ।

यस्तै, निर्वाचन अधिकृतको कार्यालय पन्चदेवल विनायकलाई २० लाख ८५ हजार प्राप्त भएकोमा २० लाख ८४ हजार खर्च भएको छ । निर्वाचन अधिकृतको कार्यालय तुर्माखाँदलाई १९ लाख ७४ हजार रकम प्राप्त भएकोमा १९ लाख ७३ हजार ७६५ खर्च र निर्वाचन अधिकृतको कार्यालय ढकारीलाई १७ लाख आठ हजार ४९० रुपैयाँ प्राप्त भएकोमा १७ लाख आठ सय रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय अछामले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?