३३ किलो सुनकाण्डका एक आरोपी एसएसपी लोहनी थुनामुक्त

काठमाडौं–चर्चित साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुछिएका  प्रहरी एसएसपी दिवेश लोहनी रिहा भएका छन् । एसएसपी लोहनी गत वैशाख १९ गते पक्राउ परेका थिए ।

शुक्रबार उच्च अदालत, विराटनगरले एसएसपी लोहनीलाई साधारण तारेखमा छोड्न आदेश दिएको हो ।
जिल्ला अदालत, मोरङको आदेश उल्ट्याउँदै न्यायधीश नागेन्द्रलाभ कर्ण र सारङ्गा सुवेदीको संयुक्त इजलासले एसएसपी लोहनीलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

एसएसपी लोहनीले गत असार ७ गते थुनामुक्त हुन पाउँ भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए ।

लोहनी तत्कालिन महानगरीय अपराध अनुसन्धान, महाशाखाका प्रमुख थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?