काठमाडौं । गत साता पक्राउ परेका पत्रकार राजु बस्नेत रिहा भएका छन् ।
पत्रकार बस्नेतले दृष्टि दैनिकमा प्रकाशित ‘जनप्रतिनिधि कि जग्गा दलाल’ भन्ने शीर्षकको समाचार आफ्नो अनलाइन खोजतलास डटकममा साभार गरेका थिए । त्यो समाचारले विद्युतीय कारोबार ऐन उल्लंघन गरेको भन्दै प्रहरीले उनलाई सोमबार पक्राउ गरेको थियो ।
सर्वोच्च अदालतले सामान्य तारेखमा छाड्न आदेश दिएसँगै बस्नेत रिहा भएका हुन् ।
बस्नेतको तर्फबाट रमिता बस्नेतले सर्वोच्चमा दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दीपकराज जोशीको एकल इजलाशले पत्रकार बस्नेतलाई रिहा गर्न आदेश दिएको हो ।
सर्वोच्चले महानगरीय प्रहरी परिसर ललितपुर जावलाखेललाई पक्राउ गर्नुको कारणसहित उपस्थित हुन पनि आदेश दिएको थियो ।
सर्वोच्चको आदेशपछि आफूहरुले पत्रकार बस्नेतलाई रिहा गरेको महानगरीय प्रहरी परिसर ललितपुर जावलाखेल प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया