काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संसदमा प्रहरी हिरासतमा मृत्यु भएका राममनोहर यादवबारे सरकारसँग जवाफ मागेको छ ।
शुक्रबार प्रतिनिधिसभा बैठक शुरु भएलगत्तै राजपाका सांसदहरुले उठेर बिरोध गर्दै यादवको मृत्युबारे अध्ययन गर्न संसदले सर्वदलीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ ।
बैठकमा बोल्दै राजपा सांसद लक्ष्मणलाल कर्णले सुरक्षा दिनुपर्ने प्रहरीकै हिरासतमा रहेको यादवको हत्या हुन्छ । उनले प्रश्न गरे, ‘प्रहरी हिरासतमै मान्छे मर्छ भने कसले सुरक्षा गर्छ ?’
राजपाका सांसद कर्णले कालो झण्डा देखाउनु सबैभन्दा शान्तिपूर्ण विरोध प्रर्दशन भएको बताए ।
‘कालो झण्डा नदेखाएर के भाला र बन्दुक देखाउनु पर्ने हो’ उनले भने ।
प्रहरी हिरासतमा रहेका यादवलाई निर्मम यातना दिइएकै कारण मृत्यु भएको सांसदको दाबी छ । उक्त घटनाबारे छानबिन गर्न संसदले सर्वसलीय समिति बनाउनुपर्ने माग समेत गरेका छन् ।
उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाउने क्रममा राममनोहर यादव पक्राउ परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया