पूर्व राजा ज्ञानेन्द्र परिवार सहित किन जाँदैछन् थाइल्याण्ड ?

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह डेढ महिनापछि आज पुन थाइल्याण्ड जाने भएका छन्। थाइल्यान्डबाट उनीहरु श्रीलंका र भारतकोे आर्थिक राजधानी मुम्बई जाने कार्यक्रम तय भएको छ ।

दुई साता थाइल्यान्ड बसेर श्रीलंका जाने तयारीमा रहेका पूर्व राजपरिवार थाइल्यान्ड भ्रमणको बस्दोबस्ती मिलाउन बुहारी हिमानी बिहीबार नै बैकक पुगेकी छिन् ।

हिमानीका निजी सचिव स्मिता सिह, पूर्वराजाका सहयोगी हस्तबहादुर मल्ल, केही भान्छे, सुसारे र नानीसहितको टोलीका साथ हिमानी थाइल्यान्ड पुगेकी हुन् ।
 उनीहरूसँगै राजा ज्ञानेन्द्रका निजी सचिव सागर तिमल्सिना, वालसखा प्रभु शम्सेर राणा, साला उदय शम्सेर राणा र उनकी धर्मपत्नी रोशनी राणा पनि जाने तय भएको आजको नेपाल समाचारपत्रमा खबर छापिएको छ ।
स्रोतका अनुसार श्रीलंका र भारतमा उच्च राजनितिक भेटघाट गर्ने कार्यक्रम रहेको छ । थाइल्यान्डमा ज्ञानेन्द्र, कोमल ,निजी सचिव सागर तिमल्सिना मात्रै जाने कार्यक्रम रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?