पत्रकारलाई दुःख दिने काम प्रहरीले गर्न हुँदैन : नेता नेपाल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)का वरिष्ठ नेता माधवकुमार नेपालले पत्रकारहरुलाई धरपक्कड गर्न नमिल्ने बताएका छन् । 

बिहीवार संघीय संसद भवनमा पत्रकारहरुसँग कुरा गर्दै नेता नेपालले पत्रकारहरुलाई पक्राउ गर्ने, धरपक्कड गर्ने लगायता विषय आफूले नबुझेको बताउँदै कानून बमोजिम बाहेक कसैलाई पनि पक्राउ गर्न नमिल्ने स्पष्ट पारे । 

मुद्दा मामिला भए कानून बमोजिम पत्रकारहरुलाई पनि अनुसन्धान गर्न सकिने नेता नेपालको भनाई छ । तर, निरुत्साहित हुने गरी पत्रकारहरुलाई दुःख दिने काम प्रहरीले गर्न नहुने पनि स्पष्ट पारे ।

खोजतलास साप्ताहिकका सम्पादक राजु बस्नेतलाई सोमबार समाचार प्रकाशित गरेकै आधारमा प्रहरीले पक्राउ गरेको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?