उमेर ढाँट्ने पूर्वडिएसपीविरुद्ध मुद्दा दायर

काठमाडौं-उमेर ढाँटेर बढुवा भई अवकाश अवधिभन्दा डेढ वर्ष बढी जागिर खाएका नेपाल प्रहरीका पूर्वडिएसपी बल्लभबहादुर सिंहविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

गतवर्ष अवकाश पाएका सिंहसित प्रहरी प्रधान कार्यालयले पनि बढी तलब असुलउपर गरेको थियो । उनी ०३७ वैशाखमा १८ वर्ष पुगेका थिए । तर, आफू १६ वर्ष मात्र भएको भनी जिल्ला प्रहरी कार्यालय बझाङबाट बनाइएको नयाँ नागरिकता पेस गरी सिंहले उमेर ढाँटेको आयोगले जनाएको छ । नयाँ पत्रिका दैनिकमा खबर छापिएकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?