चीनबाट फर्किए सभामुख कृष्णबहादुर महरा

काठमाडौं । सभामुख कृष्णबहादुर महराले चीनको स्वशासित क्षेत्र तिब्बत भ्रमण पूरा गरी बुधबार स्वदेश फर्किएका छन् । 

१० सदस्यीय भ्रमण टोलीसँगै उनी बुधबार स्वदेश फर्किएका हुन्।  चीन र यसको स्वशासित क्षेत्र तिब्बत सरकारको निमन्त्रणामा तिब्बतको ल्हासामा आयोजित एक कार्यक्रममा प्रमुख अतिथिका रुपमा चिन गएका उनी स्वदेश फर्किएका हुन्। 

चीनको स्वशासित क्षेत्र तिब्बतको ५ दिने औंपचारिक भ्रमण पूरा गरी बुधबार स्वदेश फर्किएका महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भ्रमण फलदायी र निकै उपलब्धिमूलक भएको बताएका हुन् ।  

तातोपानी नाका छिट्टै खुलाउने गरी चीनले आन्तरिक तयारी गरेको पाइएको उनले बताए । तिब्बत सरकारका प्रमुखसँग भउको भेटमा पनि तातोपानी नाका खुलाउने विषयमा छलफल भएको भन्दै उनले नाका छिट्टै खुलाउने गरी आन्तरिक तयारीको कामलाई अघि बढाइएको तिब्बत सरकारले जानकारी दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?