पाल्पा बस दुर्घटना अपडेट : ६ जनाको शव फेला, १७ जनाको उद्धार

लोकपथ
231
Shares

काठमाडौं । पाल्पामा यात्रुबाहक बस दुर्घटनामा ६ जनाको शव फेला परेको छ । दुर्घटनामा घाइते भएका १७ जनाकाे उद्धार गरी तानसेन अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बस सडकबाट डेढ सय मिटर तल खसेको र अहिले उद्धारको काम भइरहेको जिल्ला प्रहरी कार्यालयका पाल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) विरेन्द्र थापाले लोकपथलाई जानकारी दिए ।

गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको लघुवामा दुर्घटनामा परेको हो।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?