एक सय ८७ ग्राम सुन सहित २ जना पक्राउ

काठमाडौं । हिमालय एयरलाईन्सको उडानबाट कतारको दोहा हुँदै काठमाडौं आएका सुनसरी नरसिंहा–२ घर भएका ३५ वर्षीय महोमद नासिन मियाँ र धनुषा टोर्कोमहुवा–६ घर भएका २५ वर्षीय श्रवण कुमार साहलाई १ सय ९७ ग्राम सुन सहित प्रहरीले पक्राउ गरेको छ ।

विमानस्थलको पार्किङ एरियामा आफैसँग आएका यात्रुहरुसँग अवैधरुपमा ल्याएको सुन संकलन गरिरहेको अवस्थामा २–२ थानमा रहेको उक्त सुनको बाला सहित उनीहरुलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीलाई उनीहरुलाई आवश्यक कारवाहीको लागि भंसार कार्यालयमा बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?