निर्मला हत्या प्रकरण : छानबिन समितिबाट राजीनामा दिएका सदस्यमाथि छानबिन हुने

काठमाडौं ।  निर्मला पन्तको हत्याबारे छानविन गर्न बनेको उच्चस्तरीय समितिका सदस्यले दिएको राजीनामाबारे गृहमन्त्री रामबहादुर थापा 'बादल'ले छानविन गर्ने भएका छन् । 

निर्मला पन्तको बलात्कारपछि भएको हत्याबारे छानविन समितिका सदस्य वीरेन्द्र केसीले सोमबार पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गरेका थिए । 

केसीको राजीनामा प्रति गृहमन्त्री थापाले चासो व्यक्त गरेका हुन् । 

प्रदेश ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिवसमेत रहेका उनले समितिको म्याद थप भएकोमा असन्तुष्टि जनाएका छन् र घटनाका मुख्य अपराधीबाट आफूलाई असुरक्षा भएको दाबी गर्दै सोमबार राजीनामा दिएका हुन् । 

गृहमन्त्री थापाले मन्त्री हेरफेरको हल्ला निराधार भएको दाबी समेत गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?