काठमाडौँ – संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस ओमप्रकाश मिश्रमाथि सोमबार सुनुवाइ गर्दैछ ।
समितिको आइतबारको बैठकले कामु प्रधानन्यायाधीश मिश्रविरुद्धका ४ उजुरीबारे सिकायतकर्तासँग सोधपुछ गरेपछि उनलाई सुनुवाइका लागि बोलाउने निर्णय गरेको हो ।
समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस गरिएका नवीनकुमार घिमिरेविरुद्ध उजुरी आह्वान गरेको छ ।
समितिले असोज १ भित्र आफ्नो कार्यालयमा सोझै उपस्थित भएर, इमेलमार्फत वा जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी पठाउन सूचना जारी गरेको हो । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया