पार्टीभित्रको आन्तरिक विवादले बाह्य शक्तिलाई फाइदा पुग्छ : महामन्त्री कोइराला

दाङ । नेपाली काङ्गे्रसका महामन्त्री शशांक कोइरालाले पार्टीभित्र भएका गुट–उपगुटको अन्त्य गरी एकताको सन्देश दिनुपर्ने बताएका छन् ।

दाङको लमहीमा आज कार्यकर्तासँग भेटघाट गर्दै उनले गुट–उपगुट हुँदा पार्टीभित्रको आन्तरिक विवादले बाह्य शक्तिले फाइदा लिइरहेको भन्दै एकताबद्ध हुन नेता तथा कार्यकर्तालाई आग्रह गरे । 

पार्टीलाई बलियो बनाउन बिपीको सिद्धान्त पछ्याउन आवश्यक भएको भन्दै उनले काङ्ग्रेसको विचार, कार्यकर्ता र विकास महत्वपूर्ण रहेकाले काँग्रेस पार्टी कहिल्यै पछि नपर्ने दावी गरे । 

सो अवसरमा केन्द्रीय सदस्य बद्री पाण्डेले काङ्गे्रस सङ्ख्यामा हारे पनि विचारमा नहारेको भन्दै आपसी विवादभन्दा पार्टी बनाउने अभियानमा लाग्न कार्यकर्तालाई आग्रह गरे । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?