राज्यले तीन बुँदे सहमति कार्यान्वयन गरेन : विप्लव

लोकपथ
14
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले राज्यले आफ्नो पार्टीसँग गरेको सहमति कार्यान्वयन नभएको बताएका छन् ।

सोमबार काठमाडौंमा पार्टीनिकट अनलाइन जनपत्रिकाको उद्घाटन गर्दै विप्लवले राज्यले आफूहरूसग तीन बुँदे सहमति कार्यान्वयन नभएको बताए । अहिले पनि आफ्ना ४० जनाभन्दा बढी कार्यकर्ता जेलमा रहेको भन्दै उनले राज्यले इमानदारिताका साथ सहमति कार्यान्वयन नगरेको गुनासो गरे ।

आफ्ना कार्यकर्ताको स्वास्थ्य कमजोर भएको, घाइते भएको, बिरामी भएको र कसैको परिवारमा समस्या रहेको बताए । उनले भने, ‘हामीसँगै लडेको हो नि । दुई वर्षमा हामीले नेतृत्व गर्याैं । हाम्रा जति पनि कमरेडहरू जेलमा हुनुहुन्छ । त्यसको नेता हामी हो । नेपाल कम्युनिष्ट पार्टी प्रतिरोधको संघर्ष चलाएको थियो र त्यो संघर्षको नेतृत्व हामीले गर्याैं ।

हाम्रा नेताहरूले गरेका हुन् । कैयौं नेताहरूलाई छोडियो । तर, हाम्रा योद्धा कमरेडहरूलाई, युवाहरूलाई छाडिएको छैन । यो एउटा षड्यन्त्र हो । जनताको अधिकारमाथिको हस्तक्षेप हो । स्वतन्त्रतामाथिको हस्तक्षेप हो ।’ विप्लवले यस लडाँइमा पनि आफ्ना पत्रकारहरूले लडिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?