प्रधानसेनापति महारथी थापालाई दज्र्यानी

काठमाडौं । राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति श्रीमती विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति तथा महारथी पूर्णचन्द्र थापालाई आज विहान राष्ट्रपति कार्यालय शीतल निवासमा दज्र्यानी चिन्ह शु–शोभन गर्नु भएको छ । 

राष्ट्रपति भण्डारीले थापालाई सेनाको प्रधानसेनापति तथा महारथीको दज्र्यानी चिन्ह शु–शोभन गर्नु भएको हो । उक्त विशेष कार्यक्रममा उपराष्ट्रपति नन्दबहादु पुन, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति थापाको परिवारको उपस्थिति रहेको थियो । 

प्रधानसेनापति राजेन्द्र क्षत्रीको तीन वर्षे कार्यकाल समापनसंगै थापालाई आजबाट लागू हुने गरी प्रधानसेनापति तथा महारथीमा नियुक्त गरिएको हो । उहाँले गत साउन २४ गतेबाट सेनाको कामुप्रधानसेनापतिको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो । 

नवनियुक्त प्रधानसेनापति थापाले आजै भद्रकालीस्थित सैनिक मुख्यालयमा पुगेर प्रधानसेनापतिको पदभार ग्रहरण गर्नुका साथै सैनिक संगठनको नेतृत्व सम्हाल्नु भएको छ । सैनिक मुख्यालयमा बलाध्यक्षरथी हेमन्त कुँवर, उपरथी होमकुमार लावती, अनुज बस्नेत लगायत उच्च सैनिक अधिकारीहरुले स्वागत गर्नु भएको थियो । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?