सत्ता गठबन्धनको बैठक आज साँझ बस्दै

लोकपथ
14
Shares

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज साँझ बस्ने भएको छ । नागरिकता विधेयक लगायतका विषयमा छलफल गर्न सोमबार साँझ ६ बजे बस्न लागेको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तीन दिने भारत भ्रमणबाट फर्के लगत्तै गठबन्धनको बैठक बस्न लागेको हो । सोमबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका माओवादी नेतासंग गृहमन्त्री बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले छलफल गरेका थिए ।

गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री गोविन्द कोइराला (बन्दी) ले अध्यक्ष प्रचण्डसँग खुमलटार निवासमै पुगेर भेट गरेका हुुन् ।

संसदमा पेश भएर छलफलका लागि पारित भएको नागरिकता विधेयकका विषयमा प्रचण्ड लगायतका नेताहरुसँग गृहमन्त्री खाँण र कानुनमन्त्री बन्दीले ब्रिफिङ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?