काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन दिने भारत भ्रमण सकेर आज (आइतबार) स्वदेश फर्किँदै छन् ।
भारत भ्रमणका क्रममा अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्व प्रधानमन्त्री तथा कांग्रेस आईका नेता डाक्टर मनमोहन सिंह लगायतसँग उच्चस्तरीय राजनीतिक भेटघाट गरेका थिए ।
प्रचण्ड आइतबार दिउँसो काठमाडौं आइपुग्ने उनका सचिवालयले जनाएको छ ।
प्रचण्ड यही भदौ ३० गते चीन भ्रमणमा जाने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया