हेलिकोप्टर दुर्घटनाका मृतकको शव काठमाडौं ल्याइँदै

काठमाडौं । नुवाकोटमा शनिबार भएको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाको शव आइतबार काठमाडौं ल्याइएको छ । 

दुर्गम स्थानमा भएका कारण शव ल्याउन कठिनाइ भएको र रातभरि प्रहरी र स्थानीयवासीको सक्रियतामा शवको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिए ।  

हेलिकोप्टरमा परि ज्यान गुमाएका पाइलट निश्चल केसी, रामेछापका डिल्लीबहादुर गुरुङ, दोलखाका हिरा शेर्पा, गोरखाका छोबाङ नुर्बु र सिन्धुपाल्चोकका सुनील तामाङ तथा जापानी नागरिक हिरोमी कोमात्सुको शव काठमाडौं महाराजगन्जको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरेर परिवारलाई बुझाउने तयारी छ ।

गम्भीर अवस्थामा उद्धार गरिएकी गोरखाकी आनी डोल्माको भने ललितपुरको मेडिसिटी अस्पताल उपचार भइरहेको छ ।

गोरखाको सामागाउँबाट ७ जना यात्रु लिएर काठमाडौंका लागि उडेको हेलिकप्टर नुवाकोटको म्यागङ गाउँपालिकाको मैलुङपाखामा दुघर्टना भएको थियो । हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित सात जना सवार रहेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?