काठमाडौं । प्रतिनिधिसभाकी नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् ।
राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सभामुख अग्नि सापकोटाले भुसाललाई शपथ ग्रहण गराए ।
शुक्रबार निर्वाचित भएकी उपसभामुख भुसालले राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।
तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले पदबाट राजीनामा दिएपछि ढाई वर्षसम्म उपसभामुख पद रिक्त थियो । प्रतिनिधिसभाको कार्यकाल सकिनै लाग्दा भुसाल उपसभामुख निर्वाचित भएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया