काठमाडौं । नेपाली सेना स्थापनाको करीव दुईसय ५० वर्षलामो इतिहासमा अवकास लिदै गरेका प्रधानसेनापति एवं महारथीको विदाईमा नयाँ परम्पराको शुरुवात गरिएको छ ।
आइतवारबाट अवकासको तयारीमा रहेका प्रधानसेनापति राजेन्द्र क्षत्रीको शुक्रवार राति विशेष कार्यक्रमको आयोजना गरि विदाई गरिएको छ ।
सेनाले यो वर्षदेखि प्रधानसेनापतिको विदाईका लागि सैनिक मञ्च टुडिखेलमा विशेष सलामी सहितको औपचारिक विदाई कार्यक्रम आयोजना गरेको हो ।
प्रधानसेनापति क्षत्रीको विदाईका लागि सेनाको एक बाहिनी अन्तरगत विभिन्न गणहरुले सलामी दिनुका साथै रिसल्ला गाडी सहितको बग्गीमा सवार प्रधानसेनापति क्षत्रीले कवाज निरीक्षण गरेका थिए ।
निर्वतमान हुन लागेका प्रधानसेनापति क्षत्रीको सम्मानमा विविध राष्ट्र र राष्ट्रियता झल्कीने साँस्कृतिक नृत्यहरु प्रस्तुत गरिएका थियो । उहाँलाई सलामी प्रदान गरिएको थियो ।
टुडिखेलको औपचारिक कार्यक्रम समापनसंगै राति भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लवमा सैनिक संगठनको औपचारिक रुपमा जिम्मेवारी हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको थियो ।
उक्त कार्यक्रममा प्रधानसेनापति क्षत्रीले सेनाको नेतृत्व औपचिारक रुपमा कामुप्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका थिए ।
विदाई कार्यक्रममा प्रधानसेनापति क्षत्रीले सैनिक जीवनका ४० वसन्तको सम्झनहरुलाई ४० मिनेट लामो मन्तब्य ब्यक्त गरेका थियो ।
‘म आज उप्रान्तबाट सैनिक पोशाकमा देखिने छैन उनले भने तर, म भित्र सैनिक भावना रही रहने छ । मेरो मन, मस्तीष्क र जीवन एउटा नागरिक सेनाको रुपमा रहने छ ।
२०३५ सालमा सहायक सेनानी पदबाट सैनिक सेवामा प्रवेश गरेका क्षत्रीले जीवनका धेरै तितामिठा अनुभव बटुलेपनि ती सबै आफ्ना लागि प्रेरणा र उर्जाको स्रोत भएको दावी गरे ।
मेरो ४० वर्ष लामो सैनिक जीवनको सम्वन्धमा तत्काल मेरो आत्मकथा लेख्ने इच्छा त छैन, तर विहान अवेरसम्म आनन्दले सुत्ने धोको पुरा हुने उनले बताए ।
उनले सैनिक जीवनलाई सार्थक बनाउने बुबा–आमा, दाजुभाइ, श्रीमती तथा सन्तानहरु र सैनिक कर्मचारी तथा अग्रजहरुको महत्वपूर्ण योगदान रहेको बताए ।
प्रधानसेनापति क्षत्रीको विदाई गर्दै कामुप्रधानसेनापति पूर्णचन्द्र थापाले लमजुङ र तनहुँदेखि नै प्रधानसेनापति क्षत्रीलाई पछ्याउदै गर्दा आफूलाई अगाडि बढ्ने महत्वपूर्ण आधार बनेको बताए ।
लैनचौरस्थित शान्तिविद्या गृहमा हाइस्कुलसम्मको शिक्षा लिदै गर्दा होस कि ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा उच्चअध्ययन गर्दै गर्दा होस, आफूले प्रधानसेनापति क्षत्रीलाई पछ्याउन कहिलै नछोडेको थापाले बताए ।
उहाँ सैनिक क्याडेट बनेर खरिपाटी छिरेको एकवर्षपछि आफूपनि जुनियर क्याडेट बनेर प्रवेश गरेको स्मरण गराउदै कामु प्रधानसेनापति थापाले भने–उहाँका राम्रो कामको पिछा गर्नु मेरा लागि शौभाग्य नै हो ।
सरस्वती क्याम्पसमा पढ्दै गर्दा उहाँ मोटरसाइकल चढ्नु हुन्थ्यो तर, म साइकल चढ्थे थापाले भने साहेद त्यो साइकल अहिलेको जस्तो माउण्डेन साइकल भइ दिएको भए म पनि उहाँसंगसंगै हुन्थे ।
कार्यक्रममा विदाई हुदै गरेका प्रधानसेनापति क्षत्रीलाई जवानदेखि रथीसम्मका सैनिक कर्मचारीबाट उपहार प्रदान गरिएको थियो ।
राष्ट्रपति विद्याादेवी भण्डारीबाट प्रधानसेनापतिको दज्र्यानी चिन्ह शु–शुभोनसंगै थापा आइतवारबाट सेनाको नेतृत्व सम्हाल्ने छन् । सामाखुशीको बसाई लैनचौरको पढाइ क्षत्री र थापा दुईकैका लागि स्मरण योग्य घटना हुन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया