अपडेट: अल्टिच्युड एअरको हेलिकोप्टरमा सवार यात्रुको परिचय खुल्यो

काठमाडौं ।  गोरखाको सामागाउँबाट उडेर सम्पर्कविहिन भएको अल्टिच्युड एअरको हेलिकोप्टर धादिङको गंगाजमुना गाउँपालिकास्थित रि गाउँमा दुर्घटनाग्रस्त भएको छ । 

हेलिकप्टरमा पाइलटसहित एक जापानी नागरिक र ५ नेपाली सवार रहेका थिए । 

इलाका प्रहरी कार्यालय सामागाउँ प्रहरी चौकीका अनुसार हेलिकप्टरमा सवार रहेकामा जापानी नागरिक हिरोमी कोमात्सु,  रामेछापका डिल्ली बहादुर गुरुङ, दोलखाका हिरा शेर्पा, गोरखाका  ल्हो आनी डाल्पा डिक्की, छोवाङ नुर्बु, सुनिल तामाङ छन् । 

सामागाउँबाट उडेको सो हेलिकोप्टर २५ माईल उडेपछि सम्पर्क विहिन भएको हो । 

सरकारी अधिकारीहरूले भने धादिङको रूबीभ्यालीमा आकस्मिक अवतरण गर्न खोज्दा दुर्घटना भएको हुनसक्ने अड्कल काटेका छन् ।

हेलिकोप्टर दुर्घटनामा परेको पुष्टि भएपनि यकिन स्थान र यात्रुको अवस्थाबारे अन्तिम जानकारी आईसकेको भने छैन ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?