इराकमा बेचिएका तीन चेली स्वदेश फर्किए

काठमाडौं– वैदेशिक रोजगारीको नाममा ईराकमा बेचिएका गंगामाया तामाङ, कान्छिमाया तामाङ र अर्चना थापा उद्धारपछि  स्वदेश फिर्ता भएका छन् ।  
 वर्क फर नेपाल फाउण्डेशन, अन्तरपार्टी महिला सञ्जाल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रष्ठिान जिल्ला कार्य समिति सिन्धुपाल्चोकले यस्तो जानकारी गराएकाे खबर अाजकाे राजधानी दैनिकमा खबर छापिएकाे छ ।

ईराकमा बेचिएकी २० वर्षीया गंगामाया तामाङ (सिन्धुपाल्चोक) २० वर्षकै कान्छिमाया तामाङ (सिन्धुपाल्चोक) र २३ वर्षीया अर्चना थापा मगर (सिन्धुली) ले रोजगारीको नाममा नेपाली दलाहरुले नेपाली चेलीहरुलाई तेस्रो मुलुकमा बेच्ने गरेको बताउँदै सरकारलाई दलालीहरुको जालो पत्ता लगाएर दोषीमाथि कडा भन्दा कडा कानुनी कारबाही गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?