संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार काम गर्छु : उपसभामुख भुसाल

लोकपथ
28
Shares

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार काम गर्ने प्रतिक्रिया दिएकी छन् । निर्वाचित भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले संविधानको पूर्ण पालना गर्नु आफ्नो दायित्व भएको बताईन् ।

प्रतिनिधि सभामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामो समयदेखि रिक्त रहेको उपसभामुखको पदपूर्ति भएको भन्दै संविधानको पूर्ण पालना भएको पनि बताइन् । उनले उक्त पदमा आफू निर्वाचित भएपछि दायित्व बढेको समेत प्रतिक्रिया दिइन् ।

‘यो पदमा निर्वाचित भएपछि ममाथि दायित्व थपिएको छ’, उनले भनिन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्न दृढ संकल्प छु । समन्वयकारी भूमिका निर्वाह गर्छु ।’ सत्तारुढ गठबन्धन दल नेपाली कांग्रेसकी समानुपातिक सांसद भुषाल शुक्रबार भएको निर्वाचनमा उपसभामुख निर्वाचित भएकी हुन् ।

यसअघि तत्कालीन उपसभामुखको निर्वाचनमा एमाले र माओवादीको गठबन्धन हुँदा उनी पराजित भएकी थिईन् । २०७४ चैतमा भएको उपसभामुखको चुनावमा भुसाललाई एमालेकी शिवमाया तुम्बाहाङ्फेले हराएकी थिइन् । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले ६ माघ २०७६ मा राजीनामा दिएपछि उपसभामुख पद करीब ढाई वर्षदेखि रिक्त रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?