उपसभामुख निर्वाचन : राप्रपाको समर्थन विद्या भट्टराईलाई, नेमकिपाले कसैलाई मत नदिने

लोकपथ
182
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपसभामुखको निर्वाचनमा एमालेबाट उम्मेदवार बनेकी विद्या भट्टराईलाई समर्थन जनाएको छ ।

उपसभामुख निर्वाचनको लागि आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै राप्रपाका सांसद राजेन्द्र लिङ्देनले आफ्नो समर्थन भट्टराईलाई रहेको बताए ।

बैठकमा बोल्दै सांसद लिङ्देनले सभामुख सरकार पक्षको भएसँगै उपसभामुख प्रतिपक्षको हुने भन्दै आफूले आफ्नो समर्थन प्रतिपक्षीलाई रहने बताए ।

यता नेपाल किसान मजदुर पार्टीले आफ्नो समर्थन कसैलाई पनि नरहेको बताएको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै नेमकिपाका सांसद प्रेम सुवालले आफ्नो समर्थन कसैलाई नरहेको बताएका हुन् ।

यता सरकारमा सामेल दल राष्ट्रिय जनमोर्चा पार्टीले आफ्नो समर्थन गठबन्धनको उम्मेदवार भुसाललाई रहेको बताएको छ ।

बैठकमा बोल्दै जनमोर्चा सांसद दुर्गा पौडेलले आफ्नो समर्थन भुसाललाई रहेको बताएकी हुन् ।

केहीबेरमा संसदमा उपसभामुखको निर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?