काठमाडौं । नेपाली कांग्रेसले उपसभामुखमा पुष्पा भुसाललाई उठाउने तयारी गरेको । सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख चयनका लागि निर्वाचन मिति घोषणासँगै कार्यतालिका सार्वजनिक गरेसँगै कांग्रेसकी समानुपातिक सांसद भुसाललाई उपसभामुख बनाउने तयारी गरेको हो ।
२०७६ सालदेखि खाली उपसभामुख पदका लागि शुक्रबार निर्वाचन हुने भएको छ। बुधबारको संसद बैठकमा सभामुख सापकोटालेले असार ३१ गतेका लागि निर्वाचन मिति घोषणा गरेका हुन्।
उपसभामुखको निर्वाचन प्रक्रिया बिहीबार बिहान ११ बजेदेखि सुरु हुनेछ।
भुसाल २०७० मा अर्घाखाँची क्षेत्र नं. २ बाट निर्वाचित भएकी थिइन्। २०५६ को संसदीय निर्वाचनमा समेत त्यही क्षेत्रबाट उठेकी थिइन्।
तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि प्रतिनिधि सभामा अढाई वर्षदेखि उपसभामुख पद खाली छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया