नेपाली प्रतिनिधिमण्डको नेतृत्व गर्दै ऊर्जामन्त्री बङ्गलादेश प्रस्थान

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन नेपाली प्रतिनिधिमण्डको नेतृत्व गर्दै आज बंगलदेश प्रस्थान गरेका छन् । 

बङ्गलादेशमा रहँदा उनले ऊर्जा सप्ताहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

त्यसअवसरमा मन्त्री पुनले नेपाल र बङ्गलादेशबीच ऊर्जा आदानप्रदानसम्बन्धी द्विपक्षीय विषयमा समेत छलफल हुने बताइएको छ ।  

यस्तै ऊर्जामन्त्री पुनले भ्रमणका क्रममा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनालगायत त्यहाँका राजनीतिक नेतृत्वसँग पनि द्विपक्षीय हितका विषयमा छलफल गर्ने कार्यक्रम तय भएको जनाइएको छ । 

नेपाली प्रतिनिधिमण्डल यही भदौ २३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?