काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) नेतृत्वको सरकारले वृद्धभत्ता बढाउने तयारी गरेको छ । यसअघिको बजेटमा वृद्धभत्ता बढाउने बारे कुनै कुरा उल्लेख नभएपछि आलोचित बनेको सरकारले फेरि पूरक बजेटमार्फत बढाउने तयारी गरेको हो ।
वृद्धभत्ता बढाउने बारे ने.क.पा. अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ने.क.पा.ले गरेको प्रतिवद्धता सम्वोधन गर्ने बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका उनले आफ्नै निवासमा पत्रकारहरुसँग भने, ‘जनतालाई हिजो हामीले गरेको प्रतिवद्धता (बजेटमा) आएन भनेर देखिएको हुनाले कहीँ न कहीँ सम्बोधन गर्न सरकारले प्रयास त गर्नुपर्छ, जताबाट गरे पनि, त्यो पूरक बजेटबाट गर्न सजिलो हुन्छ ।’
साथै प्रचण्डले बूढाबूढी हुँदै गएपछि थोरै रकमको पनि असाध्यै माया हुने बताए । ‘घरमा राम्रै आम्दानी र सम्पत्ति भए पनि सरकारले दिने भनेको दुई–तीन हजार वृद्धभत्ता प्रति असाध्यै मोह देखिएको छ’ उनले भने ।
सय रुपैयाँबाट शुरु भएको वृद्धभत्ता दिँदा आशिर्वाद दिने बूढाबूढीहरुले अहिले जिल्लामा जाँदा सराप दिन थालेको अध्यक्ष प्रचण्डले बताए । ‘पाँच सय रुपैयाँमात्रै थपिदिन पाएको भए र पाँच वर्षमा ५ हजार पुर्याँइदिन्छौं भन्न पाएको भए अहिले हाईहाई भइराख्थ्यो, त्यत्ति पनि भएन ।’
प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मुखमा तत्कालिन वाम गठबन्धन नेतृत्वको सरकारले वृद्धभत्ता बढाउने कुरा जोडतोडका साथ उठाएको थियो ।
सोही मुद्दा र माहोलले चुनावमा गठबन्धनले दुई तिहाई नजिकको जित पनि हासिल गर्यो । तर, गत जेठमा आएको बजेटमा भने सो कुरालाई समेटिएन। अर्थात हाल कायम रहेको वृद्धभत्ता बढाउने कुनै निर्णय भएको थिएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया