काठमाडौं । आज बसेको संवैधानिक परिषदको बैठकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नविनकुमार घिमिरेको नाम सिफारिस भएको छ ।
आज बिहान ११ बजे सिंहदरबारमा बसेको बैठकले घिमिरेको नाम सिफारिस गरेको हो ।
अख्तियार लामो समयदेखि प्रमुख आयुक्तविहीन छ । दीप बस्न्यातले अवकाश पाएपछि गत फागुनदेखि अख्तियार कार्यवाहकको भरमा चलिरहेको छ । हाल कार्यवाहकको जिम्मेवारी नविनकुमार घिमिरेले पाएका थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया