जनकपुर । धनुषाको धारापानीमा सवारी दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
धनुषाधाम नगरपालिका वडा नं. ९ धारापानी स्थित यज्ञमूमि प्रहरी चौकीकै अगाडी सवारी दुर्घटना हुँदा अन्दाजी बर्ष २७ र अर्का बर्ष २९ का दुई युवकको ज्यान गएको हो ।
पूर्वपश्चिम राजमार्ग अन्तरर्गत पूर्वबाट आउँदै गरेको ज ५ प ९०४६ नम्बरको सुजुकी मोटरसाईकल र पश्चिमबाट पूर्व जाँदै गरेको ना १ क ६१८९ नम्बरको ट्रिपरले धारापानीचोक भन्दा केही पश्चिम ठक्कर दिएको जिल्ला प्रहरी कर्यालय धनुषाले जनाएको छ ।
दुर्घटनापछि दुवै युवकको शव क्षतविक्षत भएको प्रहरीले जनाएको छ । मृत्यु भएका युवकहरुको सनाखत भईनसकेको छ भने मोटरसाईकललाई ठक्कर दिने ट्रिपर र ट्रिपर चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया