नेकपाको किचलो केन्द्रमा पुग्यो, माधव समूहकाे यस्ताे तयारी

रुपन्देही – पूर्वएमाले वर्चस्व मानिएको प्रदेश ५ का धेरै जिल्लामा नेकपाको एकता प्रक्रियाप्रति असन्तुष्टि बढेको छ । तत्काल व्यवस्थापन हुन नसके समानान्तर समिति बनाउनेसम्मको तयारी पूर्वएमालेको देखिन्छ । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

पूर्वमाओवादीका केही नेता/कार्यकर्ता पनि आन्तरिक छलफलमै व्यस्त छन् ।

माधवकुमार नेपाल समूहको वर्चस्व रहेको प्रदेशमा केपी ओली समूहले धमाधम नेतृत्वका लागि सिफारिस गरेपछि असन्तुष्टि अरू बढेको हो । प्रदेश ५ का १२ जिल्लामध्ये ७ पूर्वएमाले र ५ पूर्वमाओवादीले नेतृत्वका लागि बाँडफाँट गरेका छन् ।

पूर्वएमालेका विष्णु पौडेल, घनश्याम भुुसाल, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, शंकर पोखरेललगायत पार्टीमा महत्त्वपूर्ण भूमिका राख्ने नेता रहेको प्रदेशबाट सुरु भएको विवादले केन्द्रमा एकता संयोजन प्रक्रिया नै लम्बिँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?