पूर्वमन्त्री यादवले मन्त्री क्वार्टरकाे सामान घर लगेकाे आराेपमा प्रेस सल्लाहकारकाे आपत्ति

लोकपथ
91
Shares

काठमाडौं । असार २६ गते आईतबारका दिन गोरखापत्र राष्ट्रिय दैनिक पत्रीकामा प्रकाशित ‘मन्त्री क्वार्टरका सामान पूर्वमन्त्रीका घरमा’ शिर्षकको समाचार प्रति निवर्तमान कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवको सचिवालयको गम्भीर ध्यानाकर्षण भएको यादवका प्रेस सल्लाहकार सत्य प्रकाश यादवले बताएका छन् ।

प्रेस सल्लाहकार यादवका अनुसार, प्रकाशित उक्त समाचारमा निवर्तमान मन्त्री यादवले पुल्चोकस्थित मन्त्री निवास छाड्दा वासिङ्ग मेसिन लगायत अन्य सामानहरु लिएर जानुभएको भनि तथ्यहिन र भ्रामक प्रचार गरिएको उनले जानकारी गराए ।

असार २५ गते शनिबारका दिन निवासमा भौतिक व्यवस्थापनका सम्पुर्ण सामानहरु ठिक दुरुस्त भएकोले बुझ्ने बुझाउने काम संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका कर्मचारीको रोहवरमा दुईतर्फि हस्ताक्षर भएको बताउँदै सल्लाहकार यादवले भने, सुनियोजित रुपमा बदनाम गर्ने नियतले सञ्चार माध्यममा आएको यो अपुष्ट समाचार प्रति सचिवालयको घोर आपत्ति छ ।

संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय सानो गौचरन, लैनचौरले आइतबार ध्यानाकर्षण पत्र जारि गर्दै २०७९ असार २६ गतेको गोरखापत्र राष्ट्रिय दैनिकमा ‘मन्त्री क्वार्टरका सामान पुर्वमन्त्रीका घरमा’ भनेर प्रकाशित समाचार सन्दर्भमा यस कार्यालयको ध्यानाकर्षण भएको बताउँदै समाचारको खण्डन गरेको छ ।

मन्त्री निवासमा कार्यालयले दिएको सेवा सुबिधा असार २५ गते शनिबार नै बरबुझारत गरी चुस्त दुरुस्त हालतमा रहेको व्यहोरासमेत ध्यानाकर्षण पत्रमार्फत जानकारी गराइएकाे छ ।

सामान बुझाएकाे तथा बुझेकाे प्रमाण :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?