माओवादी केन्द्रको उपाध्यक्षमा नारायणकाजीको पक्कापक्की, महासचिवको विषय सकसपूर्ण

लोकपथ
28
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको पक्कापक्की जस्तै भएतापनि महासचिवलगायत अन्य पदाधिकारी चयनको विषय सकसपूर्ण भएको छ ।

मुख्यतः एक पद मात्र रहेको महासचिवमा वर्षमान पुन र जनार्दन शर्मा दुवैले दाबेदारी गरेपछि माओवादी केन्द्रमा पदाधिकारी चयनको विषय सकसपुर्ण भएको हो । जसकाकारण गत पुसमा महाधिवेशन सम्पन्न गरेको माओवादीले ५ महिना नाघिसक्दा पनि पदाधिकारी टुंगो लगाउन सकेको छैन ।

मंगलबार र बुधबार भएका छलफलमा सहमतिका आधारमा महासचिवलगायत अन्य विषय टुंगो लगाउने प्रयास गरे पनि पुन र शर्मा दुवै दाबेदारी कायम राखे पछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ थप दबाबमा परेका छन्। ‘आज पनि पदाधिकारी टुंगो लगाउने विषयमा केन्द्रीय समिति बैठक अघि आन्तरिक गृहकार्य गर्दछौँ, सकेसम्म आजै नाम टुंग्याएर जानेछौं,’ पूर्व कोषाध्यक्ष हरिबोल गजुरेलले भने ।

खुमलटारस्थित प्रचण्ड निवासमा पूर्व पदाधिकारी र पुर्व स्थायी कमिटीको अनौपचारिक बैठक जारी छ। सो बैठकमा दुवै नेताबीच सहमति नभएमा ‘तेस्रो विकल्प’मा शक्तिबहादुर बस्नेतलगायतको नाम अघि सारिएको छ ।

उपाध्यक्षमा श्रेष्ठ ‘कन्फर्म’ भए झै गणेश साह र कृष्णबहादुर महरा पनि सम्भावित सुचीमा रहेका छन् भने मातृकाप्रसाद यादवले पनि उपाध्यक्षका लागि आफनो आंकक्षा प्रकट गरेका कारण उपाध्यक्ष चयन थप कसिलो बन्दै गएको छ ।

उता, सचिवका लागि पम्फा भुषाल, गिरीराजमणी पोखरेल, देवप्रसाद गुरुङ, लिलामणी पोखरेलको नाम अघि सार्ने सम्भावना देखिएको माओवादी नेताहरुले बताएका छन् भने कोषाध्यक्षमा गजुरेलले दोहोरिन सक्ने छन्।

माओवादी विधान अनुसार १५ सदस्यीय पदाधिकारी चयन गर्न पाउने अधिकार भए पनि आवाश्यक्ता अनुसार थप गर्न सक्ने अधिकार केन्द्रीय समितिलाई दिएकाले पदाधिकारी १५ भन्दा बढी हुन सक्ने आंकलन गरिएको छ । यद्यपी, प्रचण्डले सहमतिका आधारमा आजको बैठकमा नाम पेश गरे केन्द्रीय समितिको तेस्रो केन्द्रिय समितिको पुर्ण बैठकवाट ५ महिना भन्दा बढी समय रिक्त रहेको पदाधिकारी टुंगोमा पुग्नेछन ।

महासचिव टुंगो लगाएर जान नसकेको खण्डमा पोलिटब्युरो र स्थायी कमिटी सदस्य चयन गरेर अघि बढने योजनामा माओवादी केन्द्र रहेको छ ।n kaj

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?