उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने २४ सय २८ जना सवारी चालक कारबाहीमा

लोकपथ
63
Shares

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ४२८ जना सवारी चालकलाई कारबाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेका कारण बुधबार काठमाडौं उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १५१ जना, मदिरा पिएर सवारी साधन चलाउने १३३ जना, तिब्र गतीमा सवारी साधन चलाउने ९८ जना, लेन उल्लंघन गर्ने ८७ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ६८ जना रहेका छन् ।

ढोका खुल्लै राखेर सवारी चलाउने ६४ जना, रातो बत्तीको उल्लंघन गर्ने ५५ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ४१ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३२ जना चालकलाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?