दुई दिन देखी स्थगित माओवादीको केन्द्रीय समिति बैठक आज, प्रचण्डले जवाफ दिने

लोकपथ
7
Shares

काठमाडौं । दुई दिन देखी स्थगित माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

प्रदेश र गैरभौगलिक क्षेत्रबाट रिर्पोटिङ तथा केन्द्रीय सदस्यहरुले उठाएको प्रश्नको जवाफ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिने पुर्ववत कार्यतालिका रहेको छ ।

गत पुसमा सम्पन्न महाधिवेसनबाट १५ र आवाश्यक्ता अनुसार पदाधिकारी चयन गर्ने विधानको निर्देशन अनुसार सम्भवतः आज अध्यक्ष प्रचण्डले पार्टी पदाधिकारीको नाम पनि प्रस्ताव गर्ने सक्ने एक केन्द्रिय सदस्यले बताएका छन्।

त्यसका लागि दुई दिन देखी गृहकार्य गरेका अध्यक्ष प्रचण्डले तेस्रो पुर्ण बैठकबाट नै पदाधिकारी टुंगाउने योजना अनुसार आन्तरिक गृहकार्य बढाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?