ट्रान्सफर्मर पड्किँदा बागलुङका १६६ घर अन्धकारमा

लोकपथ
63
Shares

काठमाडौं । बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटमा रहेको विद्युत् ट्रान्सफर्मर पड्किँदा चार दिनदेखि विद्युत् सेवा अवरूद्ध भएको छ।

चट्याङले ट्रान्सफर्मर पड्किएपछि धुल्लुबास्कोटका १६६ परिवार चार दिनदेखि अन्धकारमा छन्।

विद्युत् आपूर्ति बन्द हुँदा स्थानीयले कुटानीपिसानी, साना घरेलु उद्योग सञ्चालन र सञ्चार सेवा प्रयोग गर्न पाएका छैनन्।

धुल्लुबास्कोटमा सामुदायिक विद्युतीकरणमार्फत् केन्द्रीय प्रसारण लाइन विस्तार गरिएको थियो।

ट्रान्सफर्मर मर्मतका लागि प्रक्रिया सुरू भएको भए पनि अझै केही दिन लाग्ने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए।

ढिला गरी प्राधिकरणलाई जानकारी प्राप्त भएको र त्यहाँ क्रियाशील सामुदायिक समितिले नै मर्मतको काम गर्नुपर्ने बताएको वितरण केन्द्रका प्रमुख दिलीप मरासिनीले बताए।

वर्षासँगै आएको बाढी, पहिरो र चट्याङले ट्रान्सफर्मर र प्रसारण लाइनका कैयौँ पोलहरूमा समेत क्षति पुर्‍याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?